Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • नेपाल तटस्थ बस्यो

    राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित

    राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित भएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेका हुन् ।

    त्यससँगै डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो । रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए।



    ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा थियो ।



    नेपालका दुई छिमेकीमध्ये भारत तटस्थ बसेको थियो भने चीनले प्रस्तावको विपक्षमा मत दिएको थियो। संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ।

    अहिले युक्रेनमाथिको आक्रमण गरिरहेको रूसलाई युक्रेनमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार