Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायलको तेल अभिभमा गोली चल्दा दुई जनाको मृत्यु

एजेन्सी । इजरायलको तेल अभिभ सहरमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । गोलाबारी तेल अभिभ सहरको डिजेनगोफ स्ट्रिटमा भएको हो । जुन सबैभन्दा व्यस्त ठाउँहरू मध्ये एक मानिन्छ ।

बार र रेष्टुरेन्ट भएको क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि उच्च छ। टाइम्स अफ इजरायलका अनुसार डिजेनगोफको बारमा एक व्यक्तिले गोली हानेका हुन् ।

यस्तै गोली लागेर ९ जना घाइते भएका छन् । पछिल्लो दुई हप्तामा इजरायलमा भएको यो चौथो आक्रमण हो । सुरक्षा बलले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ ।

इजरायलको आपतकालीन सेवाका प्रवक्ताले आक्रमणपछि कम्तीमा ९ जनालाई अस्पताल लगिएको र तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बिहीबार राति एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आक्रमणमा मारिएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले आक्रमणमा संलग्नलाई खोज्ने कार्य जारी रहेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077