Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रचण्डलाई ५४ सिट दिइयो, तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले चुनौती दिएका हुन्।

ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको आरोप समेत लगाए।

‘५४ सिट दिइयो प्रचण्डलाई ! तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे ! ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन ? माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? उनको नेतृत्वमा अब ३ सिट ल्याएर देखाउन तरु’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077