Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको घोषणापत्रलाई थप यथार्थपरक बनाउन गगन थापाले मागे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले सुझाव दिन अनुरोध गरेका छन् ।

पार्टीको घोषणापत्रलाई थप यथार्थपरक बनाउन थापाले आवश्यक सल्लाह सुझाव प्रदान गर्न पार्टी पंक्ति, आम जनता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई अनुरोध गरेका हुन् ।

२९ सदस्यीय तयारी समितिको बैठक राखेर संयोजक थापाले बिहीबार सुझाव संकलन तथा प्रारम्भिक मस्यौदा निर्माणका लागि कार्यविभाजन गरेका थिए ।

बैठकमा घोषणा पत्रमा समेटिनुपर्ने विषयका बारेमा छलफल भएको थापाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077