Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर निलम्बनप्रति जनार्दन शर्मातर्फ संकेत गर्दै ओलीले भने - धान खाने मुसो चोट पाउने भ्यागुतो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकाले निलम्बन गरेकोमा कडा शब्दमा बिरोध जनाएका छन्।

शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ संकेत गर्दै ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै व्यङ्ग्य गरे।

ओलीले भने ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ। देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक र एउटा अर्थविद्, अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छे उनलाई निस्काशन, निलम्बन गरियो।’

माओवादी भनेर चिनिएको मान्छेलाई पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको उनले आरोप लगाए । ओलीले भने ‘माओवादीले नियुक्त गरेको, माओवादी भनेर चिनिएको न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन बनाइयो । अहिले हामीलाई थाहा छ न्यायालय कस्तो छ भनेर ? म धेरै भन्न चाहन्न ।’

अर्थतन्त्रलाई संकटग्रस्त बनाएको भन्दै सरकारले गभर्नर  अधिकारीलाई निलम्बन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077