Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारततर्फ लैजाँदै गरेको १४ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–१ बाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीले शनिबार बिहान १४ किलो गाँजासहित जहदा–१ का ३२ वर्षीय मुन्ना मलाहालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहान १ः३० बजेतिर गाँजा बरामद गरेर ओसारपसारमा संलग्न मलाहालाई पनि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मलाहा लामो समयदेखि गाँजाको अवैध ओसारपसार एवं कारोबारमा संलग्न थिए , उनले नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा लुकाइछिपाइ ल्याएर नाका कटाएर भारत पुर्‍याउने धन्दामा उनी संलग्न रहेका हुन्।

उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077