Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अछाममा एमालले आफू निकटका व्यक्तिलाई म्यादी प्रहरी बनाउन सिफारिस गरेको पत्र सार्वजनिक

अछाम । अछाममा नेकपा एमालेले आफू निकटका मान्छेहरुलाई म्यादी प्रहरीमा सिफारिस गरेको पत्र सार्वजनिक भएको छ ।

एमालेको जिल्ला कमिटीले म्यादी प्रहरीमा छनोट गर्न भन्दै आफू निकटका ३० जनालाई सिफारिस गरेको पत्र बाहिरिएको हो ।

एमाले जिल्ला कमिटीले ३० जनाको नामसहित सिफारिस गरिएको उक्त पत्रमा उल्लेख छ। म्यादीमा सिफारिस गरिएको पत्र आएपछि अछाम एमालेको आलोचना भइरहेको छ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहराले उक्त पत्र गलत भएको दाबी गरेका छन् । इडिट गरेर एमालेलाइ बदनाम गराउन खोजिएको उनको भनाई छ । उनले यसबारे अनुसन्धान गरिरहेको भन्दै उक्त कार्य गर्नेलाई कारबाहीको गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077