Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यूक्रेन रूससँगको वार्ताका लागि ‘अझै तयार’ छ: राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेन मस्कोसँग वार्ता जारी राख्न 'अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । किभनजिकै बुचा र अरू क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले जानकारी दिए ।

बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने कुनै पनि जिम्मेवार उपायको खोजी गरिरहेको छ ।”

उनले पूर्वी क्षेत्रमा रुसी आक्रमणको संकेत गर्दै भने, “दुःखको कुरा, हामी समानान्तर रूपमा महत्त्वपूर्ण युद्धहरूको तयारी देख्छौँ, केही मानिसले पूर्वमा निर्णायक युद्धहरू भन्छन् ।”

“कूटनीतिज्ञद्वारा यस युद्धको अन्त्य गर्न हामी लड्न र समानान्तर रूपमा हेर्न तयार छौँ,” उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077