काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको छ ।
देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (आइतबार) दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली तथा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।