Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सत्ता गठबन्धनको चुनाव अनुगमन समितिको बैठक बस्दै

    सत्ता गठबन्धनको चुनाव अनुगमन समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 948
    SHARES

    काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आइतबार बस्दैछ ।

    समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल गर्नुपर्ने वा नपर्ने भन्ने स्थानीय तहको प्रतिवेदनमाथि छलफल गर्न आइतबार बैठक बोलाएका हुन् ।



    पौडेलले बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी समिति बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।



    बैठकले चुनावी तालमेल कहाँ–कहाँ गर्ने ? कसरी गर्ने ? भन्नेबारे छलफल गरेर गठबन्धनका शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने नेताहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार