Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीलंका बन्दै छ नेपाल, जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तलव दिन नसक्ने अवस्था समेत आउन सक्ने बताएका छन् ।

आइतबार एमालेनिकट शिक्षक संगठनको कार्यक्रम उद्घाटन गर्दैै उनले देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको र सरकारले शिक्षकलाई तलव दिन नसक्ने अवस्था समेत आउन सक्ने जिकिर गरेका हुन् ।

जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्न भन्दै ओलीलाई ‘यो नेपालका लागि अनिष्टको समय हो,’ ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन् ।’

एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काम फोडेर’ पनि सरकारमा आउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077