Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य घटाउन संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखिए निर्णायक संघर्षमा जाने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विद्यार्थी संगठनहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका हुन् ।

आइतबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सृजित महँगी र यातायात एवं माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी, मजदुर लगायत आम जनताको जनजीवन कष्टकर बन्दै गएको भन्दै समाधान निकाल्न तथा विद्युत लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन माग गरेका छन् ।

‘पटक पटक र बेलगाम रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सन्दर्भमा सरकारको गम्भिर ध्यानाकर्षण गर्न चाहन्छौं । अन्तर्राष्ट्रिय बजारको कारण देखाएर यदि यसरि नै जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि जारी राखिने हो भने संयुक्त विद्यार्थी संगठन निर्णायक संघर्षमा जान बाध्य हुने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

यसका साथै उनीहरूले आगामी बजेटमा शिक्षित जनशक्तिलाई मुलुकभित्रै अवसर प्राप्त हुने खालका कार्यक्रमहरू समेटेर युवा र वौद्धिक जनशक्ति बस्ने र काम गर्ने वातावरण बनाउने नीति योजना र कार्यक्रम ल्याउन पनि माग गरेका छन्।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई अपिल समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077