Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले चढाए हलेसी मन्दिरमा चार लाख भेटी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् ।

गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी पठाएका हुन् ।

अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ओलीले पठाएको भेटी नेकपा ९एमाले० जिल्ला कमिटी खोटाङले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077