Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अल्पमतमा परेका नेताहरूबाटै नेपालको शासन सत्ता सञ्चालन

    अल्पमतमा परेका नेताहरूबाटै नेपालको शासन सत्ता सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् ।

    प्रत्यक्ष निर्वाचन प्रणालीको मुख्य समस्या भनेको प्राविधिक बहुमतका आधारमा अल्पमतले शासन गर्नु हो । यो व्यवस्था सुधार्न प्रत्यक्ष निर्वाचन प्रणालीमा कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै विजयी हुने प्रणाली नभएसम्म अल्पमतमा परेकाले नै शासन सत्ता सञ्चालन गरिरहने अवस्था देखिएको छ ।



    २०७४ सालको निर्वाचनमा ४० प्रतिशत मत ल्याउने शेरबहादुर देउवा हाल प्रधानमन्त्री छन् । उनले पाएको मत हेर्दा उनी प्राविधिक मतले मात्रै विजयी भएका हुन् । डडेल्धुराका ६० प्रतिशत जनता विपक्षीमा रहे पनि देउवा अहिले मुलुकको शासन सत्ता सम्हालिरहेका छन् ।



    उनले एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २८ हजार ४४ मत प्राप्त गरेका थिए । वामगठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेका माओवादीका नेता खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरेका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार