Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन छुट्टै राष्ट्र हो भनेर पढाउने रुसी शिक्षिकालाई जरिवाना

एजेन्सी । रुसकी एक शिक्षिका आफैँ पढाउने कक्षा आठका एकजना विद्यार्थीका कारण जागिर गुमाउनु परेको छ । साथै उनी आर्थिक जरिबाना तिर्न बाध्य भएकी छन् ।

ती विद्यार्थीले कक्षा कोठामा पढाउने क्रममा ती शिक्षिकाले 'युक्रेन एउटा छुट्टै राष्ट्र हो' भनेको कुरा रेकर्ड गरेकी थिइन् । आफ्ना विद्यार्थीलाई यसरी गलत शिक्षा दिएको आरोपमा अंग्रेजी भाषाका शिक्षिकामाथि कारबाही भएको हो ।

शिक्षका मारिना दुव्रोभाले न्युयोर्क टाइम्सलाई बताएकी छन्, “यस्तो लाग्छ कि उनीहरू सबै कुनै किसिमको पागलपनामा डुबिसकेका छन् ।'

गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध विरोधिहरूलाई इंगित गर्दै 'समाजको स्व–सफाया' लाई प्रश्रय दिइने बताएका थिए । रुसका अर्का एकजना शिक्षकले आफ्ना विद्यार्थीहरूलाई युक्रेनमाथि रुसको आक्रमणबारे वास्तविकता बताउन खोज्दा मारिना दण्डित हुन पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077