Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगिन् चुमा थापामगर

कैलाली । कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–१ मा हँसिया प्रहार गरी श्रीमानको हत्या गरिएको हो । ३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077