Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महोत्तरीमा ९३ केजी गाजा र ट्रकसहित एकजना समातिए

काठमाडौं । महोत्तरीमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले आइतबार राति धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो ।

छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ ।

थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077