Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : देशका पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आजराति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077