Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्चद्वारा स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

    सर्वोच्चद्वारा स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 960
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ ।

    अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गरेकाे हाे ।



    जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो ।



    सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार