Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, महानगर र उपमहानगरको तालमेल टुंगो लाग्ने दाबी

    सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, महानगर र उपमहानगरको तालमेल टुंगो लाग्ने दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल् तस्विर

    काठमाडौं । स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ ।

    मंगलवार साढे ११ बजे बैठक बस्ने नेपाली कांग्रेसका नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    ५ दलीय गठबन्धनलाई आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गर्न हम्मेहम्मे परिरहेको छ ।



    उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए ।

    सोमवार बिहान र साँझ गरी २ पटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलवारका लागि पनि बैठक बोलाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार