Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोलीसहित जापान उड्न लागेकी नेपाली महिला विमानस्थलबाट पक्राउ

काठमाडौं।  त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलान्सको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077