Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मारिउपोलमा १० हजारभन्दा धेरै मानिस मारिएको युक्रेनको दाबी

एजेन्सी । रुसी सेनाले गरेको आक्रमणबाट आफ्नो बन्दरगाह सहर मारिउपोलमा १० हजारभन्दा धेरै मानिसको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनको दक्षिणपूर्वमा रहेको यो सहरमा रुसी सेनाले मानिसहरुलाई चरम यातना दिएर हत्या गरेको अधिकारवादी समूहले आरोप लगाएका छन् ।

मारिउपोलका अधिकांश संरचना रुसी आक्रमणको कारण ध्वस्त भएको विभिन्न स्याटेलाइट तस्बिरले पनि देखाएका छन् ।

तर, रुसीमाथिको युद्ध अपराधको आरोप तथा कति मानिसको मृत्यु भएको भन्ने तथ्यांकको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077