Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने युक्रेनको आशंका

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

उनले पश्चिमा मुलुकसँग रुसमाथि थप प्रतिबन्ध लगाउँदै उसलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

सोमबार युक्रेनको मोरिउपोल सहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको अपुष्ट समाचार आएको थियो।

जेलेन्स्कीले यो समाचारको पुष्टि हुन नसके पनि यसलाई निकै गम्भीररुपमा लिनुपर्ने बताएका छन्।

उनले रासायनिक हतियारको प्रयोगबारे अन्तर्राष्ट्रिय समुदायले निकै छिटो कडा किसिमको कदम चाल्नु आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077