Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर माओवादीलाई दिन प्रधानमन्त्री देउवा तयार, मेयरमा फेरि उठ्दै रेनु

    भरतपुर माओवादीलाई दिन प्रधानमन्त्री देउवा तयार, मेयरमा फेरि उठ्दै रेनु

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् ।

    पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन उनी तयार भएका हुन् ।



    माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् ।



    चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार