Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

धनगढी । जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा पुनः स्वागत गरेका हुन् । उनी माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पनि थिए ।

बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए। नयाँ शक्ति जनता समाजवादी पार्टीमा समाहित भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए ।

उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077