Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आगामी १६ वैशाखपछि मेलम्चीको पानी धारामा

    आगामी १६ वैशाखपछि मेलम्चीको पानी धारामा

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 924
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​

    खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।



    मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् ।



    सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ । यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) गर्नेछ । केयूकेएलले तालिका बनाएर उपभोक्ताको धारामा पानी पठाउनेछ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार