Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फेरि काठमाडौं पठाउन थालियो मेलम्चीको पानी

    फेरि काठमाडौं पठाउन थालियो मेलम्चीको पानी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 426
    SHARES

    काठमाडौं । बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।

    मेलम्ची खानेपानी आयोजनाले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाएको हो ।



    सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ ।



    सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने आयोजनाले जनाएको छ ।

    मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदो सहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार