Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्यो मेलम्चीको पानी

    सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्यो मेलम्चीको पानी

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 681
    SHARES

    काठमाडौं । गत मंसिर १२ गते सिन्धुपाल्चोकको अम्बाथानबाट सुरूङमा छाडिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको हो।

    अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।



    अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर(घरमा पठाइनेछ। सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ।



    नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन।

    केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार