Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मेलम्चीको नाकोते क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन अनुरोध

    मेलम्चीको नाकोते क्षेत्रमा भारी वर्षा, सर्तकता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 909
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक मेलम्चीको नाकोते र आसपास भारी वर्षा मापन भएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार मेलम्ची नदी नाकोतेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको हो ।

    ‘मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ । भोलि बिहानसम्म ‍अति उच्च सतर्कता अपनाऔँ,’ महाशाखाले एसएमएसमार्फत अनुरोध गरेको छ ।



    प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार