Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

    हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झिचेनमा जिप भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ ।

    हेलम्बु गाउँपालिकाको-१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई जनाको मृत्यु भएको हो।



    दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।



    मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

    मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार