Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मेलम्चीको बाढीले बगायो विद्यालय भवन, बाढी र पहिरोले जनजीवन प्रभावित

    मेलम्चीको बाढीले बगायो विद्यालय भवन, बाढी र पहिरोले जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 936
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको छ ।

    अविरल वर्षासँगै आएको बाढीले शुक्रबार राति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रवार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।



    बाढीको जोखिम भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै सारिएको थियो । सरसस्वती मावि सिन्धुपाल्चोकको पूरानो विद्यालय हो ।



    बाढीले हेलम्बुका केही घरहरू पनि उच्च जोखिममा परेका छन् । यद्यिप, बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार