Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बाँदरले दुःख दिएपछि त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय

    बाँदरले दुःख दिएपछि त्रिपुरासुन्दरीमा पनि रुख काट्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 486
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले पनि बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ ।

    त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको हो ।



    वडाअध्यक्ष शिव कुमार कार्कीले सूचना जारी गरी फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न आह्वान गरेका छन् ।



    वडाअध्यक्ष कार्कीले जारी गरेको सूचनामा भनिएको छ,‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावलरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु।’

    उनले यो काममा सहयोग गरिदिन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीहरुलाई अनुरोध समेत गरेका छन् ।

    यसअघि पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पनि बाँदरले दुःख दिएको भन्दै रुख काट्ने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि उक्त वडा पछि हटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार