Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    दोलखा । सिन्धुपाल्चोकको खाडीचौरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    गएराति लामोसाँघु जिरी सडक खण्डअर्न्तगत सिन्धुपाल्चोकको ५ किलोनजिकै बा १५ च ९३७० नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।



    दुर्घटनामा जीप चालक उत्तमराज महर्जन र अर्का एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।



    उनीहरूको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । जीप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल सडकमै खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार