Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा भारी वर्षा : मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, सर्तक रहन अनुरोध

    सिन्धुपाल्चोकमा भारी वर्षा : मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, सर्तक रहन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ ।

    पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।



    बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका वासिन्दालाई आग्रह गरेको छ ।



    खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए । तालामारांका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए ।

    मेलम्ची नगरपालिका–२ निबु गाउँमा शुक्रवार राति पहिरो गएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार