Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मेलम्चीमा गएराति आएको बाढीले फट्टेको अस्थायी पुलमा क्षति

    मेलम्चीमा गएराति आएको बाढीले फट्टेको अस्थायी पुलमा क्षति

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    मेलम्ची । मेलम्चीमा गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

    बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन् ।



    गतवर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।



    अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार