Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पर्वतमा बाढीले बगायो जीप : तीन यात्रु बेपत्ता, चालक हामफालेर बाचे

    पर्वतमा बाढीले बगायो जीप : तीन यात्रु बेपत्ता, चालक हामफालेर बाचे

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्री बेपत्ता भएका छन् ।

    बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडी समेत बेपत्ता भएको हो । चारजना सवार उक्त जीपमा चालक भने हामफालेर बाँच्न सफल भएका छन् ।



    जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रीको खोजीकार्य भइरहेको छ ।



    घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् । शनिबार साँझको भीषण वर्षाका कारण उक्त खोलामा बाढी आएको हो । सडकमा पुल नभई कजवे पार गर्ने क्रममा जीप बगाएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार