Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाढीले बगाएको जीप भेटियो : एक मृत फेला, दुई अझै बेपत्ता

    बाढीले बगाएको जीप भेटियो : एक मृत फेला, दुई अझै बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदीखोला र तमादीखोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

    जीपसँगै एक यात्री मृत भेटिएका छन् । मृतकको सनाखत हुन बाँकी छ । जीपमा सवार अरू दुई यात्रीको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रीको खोजी जारी छ ।



    बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुंगा पन्छाउने क्रममा जीप बगेको हो ।



    जीपका चालक वसन्त थापा ढुंगा पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् । घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार