Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाढीका कारण तमिलनाडुमा पाँच जनाको मृत्यु, ४० लाखभन्दा बढी मानिस मारमा

    बाढीका कारण तमिलनाडुमा पाँच जनाको मृत्यु, ४० लाखभन्दा बढी मानिस मारमा

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 615
    SHARES

    एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बाढीको चपेटामा परेका क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन गर्न थप हेलिकोप्टर माग गरेका छन् ।

    बाढीमा सयौँ मानिस फसेको भन्दै उनले संघीय सरकारसँग उद्धारका निम्ति थप हेलिकोप्टर सहयोग गर्न आग्रह गरेका हुन् ।



    विगत दुई दिनयता परेको अविरल वर्षाले तमिलनाडुका दक्षिणी धेरै जिल्लाहरूमा ठूलो क्षति भएको छ । वर्षाका कारण बस्ती र सडकमा गम्भीर क्षति पुगेको हो ।



    बाढीका कारण ४० लाखभन्दा बढी मानिस मारमा परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वर्षा र बाढीका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार