Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालका लागि अर्को दुःखद खबर : रोजगारी गर्न सिक्किम पुगेका १० जना नेपाली बेपत्ता

    नेपालका लागि अर्को दुःखद खबर : रोजगारी गर्न सिक्किम पुगेका १० जना नेपाली बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । भारतको सिक्किममा १० जना नेपाली बेपत्ता भएका छन् । यही असोज १६ देखि उनीहरू बेपत्ता भएका हुन् ।

    उनीहरू सबै इलाम नगरपालिका–९ का रहेको बताइएको छ । उनीहरूलाई यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाकले आशंका गरे ।



    बेपत्ता हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।



    यी १० जना रोजगारीका लागि सिक्किम पुगेका नेपाली रहेको बताइएको छ । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार