Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सिक्किम बाढीमा बेपत्ता नेपालीको खोजी गर्न अपिल

    सिक्किम बाढीमा बेपत्ता नेपालीको खोजी गर्न अपिल

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 618
    SHARES

    इलाम । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँचजनाको खोजीका लागि भारतीय सुरक्षा निकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिए । असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँचजना सम्पर्कविहीन छन् ।



    इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेत हालसम्म सम्पर्कविहीन छन् ।



    बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार