Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीर अस्पतालबाट बलात्कार मुद्दाका कैदी फरार

काठमाडौं । वीर अस्पतालबाट बलात्कार मुद्दाका एक कैदी फरार भएका छन्।

फरार हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन्। उपचारका लागि अस्पताल पुर्‍याइएका तिरुवा बुधबार राति फरार भएका हुन्।

बलात्कार आरोपमा उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। त्यसपछि उनी कारगार बस्दै आएका थिए।

बिरामी भएपछि मंगलबार मात्रै उनलाई काठमाडौं ल्याएर केन्द्रीय कारागारमा राखिएको थियो। राति उपचारका लागि वीर अस्पताल लगिएकोमा उनी अस्पतालबाटै भागेका हुन्।

तिरुवालाई सिन्धुपाल्चोक प्रहरीले गत माघ १७ गते बलात्कार आरोपमा कुन्चोकबाट पक्राउ गरेको थियो। गत माघ १६ गते एक महिलालाई तिरुवाले ललाई फकाई आफ्नो घर लगि राति बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077