Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको तर यस्ता षड्यन्त्रलाई अदालत र निर्वाचन अयोगले मान्न नहुने बताएका हुन् ।

देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उनले भने, ‘हाम्रै अगाडि श्रीलंकाको उदाहरण छँदैछ । श्रीलंका अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको छ, नेपाल त्यता जाँदैन भन्न सकिंदैन ।’ यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077