Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले भन्यो-'हाम्रा हजार सैनिकले आत्मसमर्पण गरेका छैनन्, रुसले गरेको दाबी गलत हो'

एजेन्सी । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेको भन्ने रुसको दाबी युक्रेनले अस्वीकार गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक शीर्ष सल्लाहकारले मारिउपोल अझै पनि आफूहरूको नियन्त्रणमा दाबी गरेका छन् ।

उनले युक्रेनी सहरको सुरक्षा व्यवस्था मजबुत बनाएको र सेनाको संख्या पनि बढाइएको दाबी गरेका छन्। दाबी–प्रतिदाबीच मारिउपोलमा वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन धेरै गाह्रो छ ।

रुसले युक्रेनको दक्षिणी बन्दरगाह सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। यस सहरमा रुसले केही सातादेखि आक्रमण गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077