Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह तर्फका प्रहरी वरिष्ठ उपरीक्षकलाई सोही समूहतफको प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा राजेन्द्र प्रसाद चौधरी, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्य रहेका छन् ।

बढुवा सिफारिस भएकामध्ये तेस्रो नम्बरका चौधरी प्रहरी महानिरीक्षक शैलेश थापाका व्याची हुन् भने बाँकी तीन जना एआईजीपी विश्वराज पोखरेलको व्याची हुन् । चौधरी आईजीपी थापासँगै अवकाश पाउनेछन् ।

हेर्नुहोस् बढुवा सूची :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077