Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ वर्षको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं । नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घोइचो लागेको छ ।

दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ ।

पश्चिम मूलढोकामा विशेष सजावट पनि गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको छ ।

नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ। विगतका वर्षमा पनि नयाँ वर्षको पहिलो दिन वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077