Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ

    काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजबाट गाडीको भाडा बढ्यो

    काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजबाट गाडीको भाडा बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा वृद्धि भएको छ । यसअघि बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारीसाधनको भाडा आजबाट लागू भएको हो ।

    अब उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए ।



    त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।



    प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार