Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वाग्मतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई

    वाग्मतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 516
    SHARES

    मकवानपुर । वाग्मती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुकबाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।



    लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।



    मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लागेका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार