Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चिकित्सक कुटपिटको विरोधमा वाग्मती प्रदेशसभा अगाडि प्रदर्शन

    चिकित्सक कुटपिटको विरोधमा वाग्मती प्रदेशसभा अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 663
    SHARES

    हेटौंडा । चिकित्सक कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वाग्मती प्रदेशसभाको भवन अगाडि प्रदर्शन गरेका छन् ।

    हेटौंडामा रहेको स्वास्थ्यकर्मीहरुको समूहले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षा मा गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरे ।



    शनिबार बिहान ११ बजेबाट प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवन अगाडि उपस्थित भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित सुरक्षाको माग गरेका छन् । उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।



    विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न चार जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा बिहीबार रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार