Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चार किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

    चार किलो गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 534
    SHARES

    संकेतिक तस्विर

    हेटौंडा । प्रहरीले हेटौंडाबाट गाँजासहित दुई जना पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।



    प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार