Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

    चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    हेटौंडा । थानकोट -चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

    प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो ।



    दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ ।



    ६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारको निम्ती काठमाडौं लगिएको छ ।

    प्रहरीका अनुसार उनीको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार